धरान : धरानमा आज लोकतान्त्रिक वाम गठबन्धनको चुनावी सभा हुने भएको छ । 
धरानको भानुचौकमा हुने चुनावी सभालाई लोकतान्त्रिक वाम गठबन्धनका नेताहरूले सम्बोधन गर्ने बताइएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट लेखनाथ न्यौपाने र किरणकुमार राई, जनता समाजवादी पार्टीबाट भीम राई र दिपक मेन्याङ्बो, नेकपा एकीकृत समाजवादीबाट धर्म निरौला, जीवन राई र पितम्वर तिम्सिना लगायतका नेताले सम्बोधन गर्ने नेपाली काँग्रेस धरान उपमहानगर समितिले जनाएको छ ।
चुनावी सभालाई सम्बोधन गर्नका लागि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि धरान आउने कुरा भइरहेको नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































