इटहरी : नेपाली काँग्रेस रामधुनीका मेयरका उम्मेदवार सुदिप अधिकारीले थारुप्रति अथाह प्रेम रहेको बताएका छन् । बिहीबार घरदैलो कार्यक्रममा उनले थारुहरूको जुठो खाएर हुर्केको भएकाले आफू उनीहरू सँग आत्मीयता रहेको बताए ।
रामधुनीमा थारुहरू सामाजिक तथा आर्थिक अवसरबाट वञ्चित भएकाले अब आफू थारुहरूको मुद्दामा केन्द्रित हुने बताए । थारुको कोहबर र ग्रामथानको संरक्षण आफ्नो पहिलो प्राथमिकता भएको भन्दै उनले थारु परिकार र संस्कृतिलाई आम्दानी सँग जोड्ने प्रतिबद्धता जनाए ।
रामधुनीको विकाशमा आफू पहिल्यै देखी गम्भीर भएको बताउँदै अघिल्लो नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिने धारणा राखे । उपमेयर आशा चौधरी र ९ वटै वडाका वडाध्यक्षका उमेद्धवारहरु सहित उनी घरदैलो अभियानमा अहिले सक्रिय छन् ।
घरदैलो अभियानको क्रममा देखिएका समस्याहरूलाई रिपोर्ट गरी सुरुमा अध्ययन गरिने र निर्वाचन पश्चात् सोही विषयमा समस्या समाधान गर्ने गरी योजना बनाएर काम गर्ने प्रतिबद्धता सहित अभियान जारी राखेका छन् । रामधुनीको समग्र विकास र समृद्ध नागरिक लगायतका विषयलाई मुख्य चुनावी एजेन्डा बनाएर शिक्षा, स्वास्थ्य र कृषिलाई मुद्दा बनाएर काँग्रेस चुनावी अभियानमा छ ।








































































