धरान : धरान-१४ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका कृष्ण प्रसाद भट्टराईले मतदाताले यस पटक पार्टी हेरेर नभई राम्रो व्यक्तिलाई छानेर मतदान गर्ने बताएका छन्।
वडाको समग्र विकास गर्ने व्यक्ति जो कोही जनप्रतिनिधि भएर आए पार्टीले केही फरक नपर्ने मतदाताको अपेक्षा रहेको बताउँदै उनले पार्टी नभई धरान-१४ का मतदाताले विकास प्रेमी व्यक्तिलाई मतदान गर्ने दाबी गरे।
धरान-१४ का मतदाता समेत रहेका मनोहरी तामाङले अहिलेसम्म धरान-१४ मा उठेका उमेद्वारहरुमा सबैभन्दा अब्बल प्रजातन्त्र पार्टीबाट १४ नं वडाध्यक्षको उम्मेदवार बनेका कृष्णप्रसाद भट्टराई रहेकाले उनलाई नै भोट दिने बताए। धरान-१४ का सुरज केसीले भट्टराईले कोरोना सङ्क्रमणका समयमा आफूहरूलाई गरेको सहयोग र विपत्ति परेको समयमा आफै लागेर घर निर्माण गरी वासस्थानको सुनिश्चित गरिएको स्मरण गर्दै उनले भने –‘धरान वडा नं। १४ मा कृष्णप्रसाद भट्टराई बाहेक अरूले यस पटक जित्ने सम्भावना छैन, उहाँ कुन पार्टीमा हुनुहुन्छ त्यो हामीलाई थाहा छैन, उहाँजस्तो व्यक्ति फेरि एक पटक वडालाई चाहिएको छ।’ उनले सर्वसाधारणलाई समस्या परेको बेला साँझ बिहान केही नभनी सेवकको रूपमा कार्य गरेको बताउँदै यस्ता व्यक्तित्वलाई काँग्रेस जस्तो पार्टीले टिकट नदिएर ठुलो गल्ती गरेको बताए।
सुरजकै जस्तो भनाई रोजिना अधिकारीको नि छ । सुत्केरी भएको समयमा वडाध्यक्षले प्रत्यक्ष गरेको सहयोग आफू कहिल्यै नबिर्सिने उनी बताउँछिन्। उनी भन्छिन्-पार्टीले टिकट नदिएर के भयो हामी भोट उहाँलाई नै दिन्छौँ, १४ नं वडावासीको सुख, दुःखमा साथ दिने र वडाको विकासमा दत्तचित्त भएर लाग्ने मान्छे अरू को छ र ?' नेपाली काँग्रेस त्यागेर राप्रपाबाट उम्मेदवार बनेका धरान-१४ का वडाध्यक्षले भट्टराईलाई भने, ‘जनताले नै जुनसुकै चिन्हबाट उठे पनि भोट हाल्छौँ भनेपछि धरान–१४ का लागि वडावासी बुबा आमाको सरसल्लाह अनुसार आफूले उम्मेदवारी दिएको हुँ ।’
कोरोनाको समयमा पनि वडा कार्यालय बाट घरदैलो कार्यक्रममा गरी घर-घरमा औषधी र खाद्यान्न लिएर पुगेको छु। सूचनाको प्रचार प्रसार गरेर धार्मिक पर्यटकीय स्थलहरूलाई अगाडी बढाएका छौ। काँग्रेसलाई केही मागेका थिएनौ अधुरा काम गर्नु एक पटक अवसर माग्दा नदिएकाले राप्रपा रोज्नु पर्यो। जता भए पनि म जुन पार्टीमा भए पनि जनताको सेवक भएर काम गर्ने हो। अघिल्लो पटक उम्मेदवार बन्दा घोषणा पत्रमा उल्लेख भएका मध्ये ७५ प्रतिशतको काम पुरा भएका छन् । केही काम पुरा हुन पाएका छैनन् अब म मेरो अधुरा काम पुरा गर्छु।
उनले नेपाली काँग्रेसकै कारण आफू अहिले वडाको जिम्मेवारी सम्हाल्न पाएको बताउँदै नेपाली काँग्रेसलाई धन्यवाद समेत दिए। तर उनको गुनासो भने विगतमा कोरोना महामारी लगायत बजेट अभावका कारण पूरा हुन नसकेका कामहरूलाई पूरा गर्ने लक्ष्य राखेर पुन दोहोरिन चाहेको भए पनि पार्टीले टिकट नदिए पनि राप्रपाबाट उम्मेदवारी दिएको बताउँछन् ।
उनी भन्छन्-‘नेपाली काँग्रेसले मलाई यो ठाउँमा पुर्याएको हो । धरान १४ मा सडक विस्तारका कामहरू त भएका नै छन् अब धरान-१४ का जनतालाई जति सक्दो छिटो पानी खुवाउनु छ । काठमाण्डौबाट विज्ञ टोली आएका थिए निर्वाचन आचार संहिता लागु भएकाले अहिले काम भएको छैन । यो टोलीले जेठ महिना देखी आएर काम गर्छ जसले धरान-१४ मा २० वर्ष सम्मकालागी पानी पुग्छ ।’