धरान : प्रवासी नेपाली मञ्च साउदी अरबद्वारा १५३ औँ लेलिन् दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवस साउदी अरबको रियादमा भव्यताको साथ मनाइएको छ ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी साउदी अरबका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय कमिटी सचिवालय सदस्य रूपक वाइबाले स्वागत मन्तव्य दिएका थिए । केन्द्रीय सदस्य नागेश तामाङ, वसन्त राई, सचिवालय सदस्य अच्युत बोगटी लगायत विभिन्न वक्ताहरूले शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा सचिवालय सदस्य तथा प्रवक्ता कृष्ण कार्कीले मन्तव्यको क्रममा नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा व्याख्या गरेका थिए । मध्यपूर्व कमिटीका युवा विभाग प्रमुख राजेन्द्र खत्री र अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले समसामयिक विषयमा आ-आपनो भनाई राखेका थिए । भौतिक तथा जुम मिटिङ मार्फत सञ्चालन गरिएको उक्त कार्यक्रममा मध्यपूर्वका विभिन्न राष्ट्रिय कमिटी तथा अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका प्रवास सङ्गठन प्रवासी नेपाली एकता मञ्च साउदी अरबका केन्द्रीय अध्यक्ष राजु खनाल, उपाध्यक्ष बिल्टु मुखिया, सचिव कृष्ण न्यौपाने, कोषाध्यक्ष पार्वती खत्री, सदस्यहरू राम व. मुखिया, दिपेन महत, धर्मचन्द्र महत , हित कुमार राई, खोम लाल पौडेल प्रशान्त कुमाल, चन्द्रबहादुर गुरुङ, जपनाथ थहानी, छुनु बहादुर कुमाल, मीन बहादुर नेपाली, बल बहादुर महत लगायतलाई प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी साउदी अरब तथा नेकपा एमालेमा सम्मान पूर्वक पार्टी प्रवेश गराइएको थियो ।
उक्त अवसरमा विभिन्न संघसंगठनमा आबद्ध विज्ञान राई, आकाश श्रेष्ठ, बोम बहादुर पुन, पुनम नेपाली, जोक प्रसाद रोक्का र राम कुमार घर्ती मगरलाई पनि सम्मान पूर्वक पार्टी प्रवेश गराइएको थियो । नव प्रवेशीहरुलाई मञ्चका अध्यक्ष अमर श्रेष्ठ, राजेन्द्र खत्री, कृष्ण कार्की लगायतले खादा ओढाइ स्वागत सम्मान गरेका थिए। मञ्चका सचिवालय सदस्य तथा कार्यवाहक सचिव किशोर राई द्वारा सञ्चालन भएको उक्त कार्यक्रमलाई विभिन्न विषयमा सम्बोधन गर्दै सो कार्यक्रमका अध्यक्ष अमर श्रेष्ठ द्वारा समापन भएको घोषणा गरिएको थियो ।
        
                    
        
                                        
                                                                                                
        
                
        
        
















        
        
















































