धरान : नेपाली काँग्रेसको टोल समिति गठन अभियान अन्तर्गत सोमबार धरान १६ मा २० जना नेकपा एमाले परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसका धरान उपमहानगर समितिका सभापति श्याम पोखरेलले दिएको जानकारी अनुसार धरान १६ मा ४ वटा टोल समिति पनि गठन भएको छ । हाम्रो लाइन टोल समितिको अध्यक्षमा विशाल बराइली, पार्वती मार्ग टोल विकास समितिको अध्यक्षमा शिव घिमिरे, सूर्य पथ टोल समितिको अध्यक्षमा जानुका श्रेष्ठ, पुन्यमार्ग टोल विकास समितिको अध्यक्षमा सानुबाबु श्रेष्ठ रहेका छन् । धरान-१६ बाट नेकपा एमालेका पुराना कार्यकर्ता नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
यसैगरी धरान-१२ मा पनि विभिन्न पार्टी परित्याग गरी २४ भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय धरानमा नेपाली काँग्रेसले वडा र टोल सम्म पुगेर आफ्नो सङ्गठन विस्तार तीव्र पार्दै आएको नेपाली काँग्रेस धरान उपमहानगर समितिले जनाएको छ ।








































































