धरान : धरान मेघा हिमालयन कलेजको आयोजना तथा धरान बास्केटबल सङ्घको संयोजनमा सम्पन्न धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन बुधवार भएको खेलमा टेम्पु टावर स्कुल बिर्तामोड, सियोन स्कुल, डिपो र हिमशिखर तरहरा विजयी हुँदै क्वाटर फाइनल प्रवेश गरेका छन् ।  

बुधवार भएको खेलमा टावर टेम्पलले धरानको पदम मेमोरियल स्कुललाई २०–७, सियोन स्कुलले आयोजक मेघा कलेज ए टिमलाई ३६–३०, डिपोले सुम्निमा स्कुललाई ५६–६ र हमिशिखर तरहराले जुनियर पायनोरलाई ४३–८ अङ्कले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेका हुन ।    

खेलमा टावर टेम्पु र पदम मेमोरियलले प्रत्येक क्वाटरमा ५–३,४–०,४–२ र ७–२, सियोन र मेघा ए टिमले ७–९,१५–९,८–७ र ६–५ अङ्क जोडेका थिए । यसै गरी डिपो र सुम्निमा स्कुलले १७–०,२३–०,६–४ र १०–२ र हिमशिखर र जुनियर पायनोरले ६–२, १९–२, ८–४ र १०–० अङ्क जोडेका थिए ।

दिवङ्गत उदयमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा मङ्गलवार देखि प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा धरान र धरान आसपासको क्षेत्र तथा जिल्लाका १६ विद्यालयले सहभागिता जनाएको छ ।  

चैत्र १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका विजेताले नगद पन्ध्र हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरी प्रतियोगिताको व्यक्तिगत विद्या तर्फ उत्कृष्ट खेलाडीले नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफी पब एण्ड रेष्टोको फुड भौचर, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । कफी पब थी्र पोइन्ट च्याम्पियनले नगद दुई हजार, ट्रफि र उदयीमान खेलाडीले ट्रफ्रि, कफी पब फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

भोलिको खेल एम्स र धरान अर्दश, समिट र सियोन, डिपोट र हिमशिखर र टावर टेम्पु र मेघा कलेज वि टिम बिच हुनेछ ।  प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घ र धरान १२ न. वडा कार्यालयको सहयोग रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।