चतरा : नेपाली काँग्रेस वराहक्षेत्रका युवा नेता वडा नं १० कार्य समितिका सभापति तेजबहादुर गुरुङले वडामा रहेका न्यून आय तथा विपन्न परिवारको घर-घरमा पुगेर माघे सङ्क्रान्तिका परिकारहरू उपहार स्वरूप वितरण गरेका छन्।

लकडाउनमा खाद्यान्न, मास्क, साबुन, स्यानिटाइजर बोकेर घरघर पुगेका तेजबहादुरले शुक्रवार दिउँसो अर्थात् माघे सङ्क्रान्तिको अघिल्लो दिन प्रति परिवार आधा केजी तिल र आधा केजी सख्खर र भुजा लगायतका सामग्रीहरू ५५ परिवारलाई वितरण गरेका हुन् ।

वराहक्षेत्र-१० मा रहेको लालवस्ती टोलमा रहेका विपन्न परिवारमा पुगेर व्यक्तिगत रूपमा सहयोग गरेको तेजबहादुरले बताए । अति विपन्न तथा न्यून आय भएका प्राय दलित तथा बिछडावर्ग परिवारलाई तिल र सख्खर वितरण गरेको उनले जानकारी दिए ।

चाडपर्वमा थोरै भए पनि सहयोगले साना छोराछोरीको मुहारमा खुसी छाओस् भन्ने उद्देश्यले सहयोग गरेको तेजबहादुरले बताए ।

gurung-lalbasti