इटहरी : नेकपा एमाले सुनसरीको मतगणना स्थगित भएको छ। बुधबार दिउँसो ४ बजे सुरु भएको मतगणना स्थगित भएको हो।

मंगलबार भएको निर्वाचनमा २१५० प्रतिनिधि मध्ये १८०५ जनाले मतदान गरेका थिए। सुरुमा पदाधिकारीको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी थालिएको छ।

हालसम्म १७३ मतगणना हुँदा अध्यक्षका प्रत्याशी उम्मेदवार रेवतिरमण भण्डारीले ८७ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याउँदै खेमराज पोखरेलले ७६ र द्वारिकलाल चौधरीले १० मत मात्र ल्याएका छन्।

उपाध्यक्षमा निलम खनालले १०३ मत ल्याउँदा नन्द बस्नेत ६९ मत ल्याएका छन् । त्यस्तै उपसचिवमा अन्जनी कुमार पोखरेल ५३, अर्जुन गहतराज २८, पदम प्रसाद लिम्बू ३६, योग्य राज खड्का ५३, राम कोइराला ८९, लहरुमाया जिमी १६, लोकेश निरौला ५२ ल्याएका छन्।