इनरुवा : नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला सङ्घ सुनसरीको अध्यक्षमा माया रेग्मी चयन भएकी छिन।

इनरुवा बिहीबार भएको बृहत् महिला भेलाले माया रेग्मीको नेतृत्वमा ७९ सदस्य जिल्ला कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा पवित्रा सिवा, कौशल्या थापा मगर, कल्पना तामाङ सचिवमा मेलिना न्यौपाने सह-सचिव पार्वता निरौला र शान्तिदेवी मण्डल कोषाध्यक्षमा सावित्रा गहतराज चयन भएकी छन्।

नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई नेकपा एसकी केन्द्रीय तथा प्रदेश सांसद सरिता थापा खडकाले पद तथा गोपनीयताको शपथग्रहण गराएकी थिइन।

भेलामा नेकपा एसकी केन्द्रीय तथा प्रदेश सांसद सरिता थापा खडका, नेकपा एसका केन्द्रीय सदस्य केशव तिम्सिना, जिल्ला अध्यक्ष गोविन्द निरौला, उपाध्यक्ष सिताराम पराजुली, रामचन्द्र मटियैत, प्रदेश एककी महिला नेतृ रेखा खतिवडा, माया रेग्मी र प्रगति शर्मा लगायतले मन्तव्य राखेका थिए।