धरान : पोखरामा सम्पन्न भएको नेपाल जेसीजको ४८ औ राष्ट्रिय महाधिवेशनमा धरान जेसीजका दीपेन्द्र निरौला उपाध्यक्षमा निर्वाचित भएका छन् ।

पेसाले स्वास्थ्यकर्मी समेत रहेका निरौला जेसीज वर्ष २०२२ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

सन् २०१२ धरान जुनियर जेसीजको नेतृत्व गरेका निरौला, २०२० मा धरान जेसीजको अध्यक्ष, २०२१ को राष्ट्रिय उपाध्यक्ष भएसँगै २०२२ को लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष चयन भएका हुन् ।

त्यस्तै पोखरामा सम्पन्न अधिवेशनमा नेपाल जेसीज वर्ष २०२२ को अध्यक्षमा त्रिभुवन जेसीजका लालमणि भण्डारी विजयी भएका थिए । पाँच जना उम्मेदवारलाई पाखा लगाउँदै भण्डारी अध्यक्षमा बनेका हुन् ।

कार्यकारिणी उपाध्यक्षमा निरौला सँगै तरहराका सुनिल तिम्सिना समेत निर्वाचित भएका हुन् । निरौला र तिम्सिना सँगै कर्णाली जेसिजका अनिलबहादुर शाही र बालकोट जेसिजकि रमा प्याकुरेल राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा कुल ४ जना निर्वाचित भएका हुन् ।

जनवरी एक देखि डिसेम्बर ३१ सम्म जेसीजको एक बर्से कार्यकाल हुन्छ । एक पटक निर्वाचित भएको व्यक्ति सोही पदमा दोस्रो पटक निर्वाचित हुन् नपाउने व्यवस्था जेसीजको विधानमा रहेको छ।