झापा : राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन झापा आउने भएका छन्। अध्यक्षमा निर्वाचित भएपछि उनी पहिलो पटक गृह जिल्ला झापा आउन लागेका हुन्।
उनी पुस ३ गते झापा आउने कार्यक्रम तय भएको राप्रपा नेता तथा लिङदेन निकटका नेता लक्ष्मी सङ्ग्रौलाले कपुरी न्यूजलाई जानकारी दिए। पुस ३ गते शनिवार झापाको बिर्तामोडमा आयोजना गरिने स्वागत सम्मान एवं वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्गदेन सहभागी हुने नेता सङ्ग्रौलाले बताए।
उनी तीन दिन झापा बस्ने कार्यक्रम रहेको बताइएको छ। सो क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै नेता कार्यकर्ता सँगको भेटघाटमा व्यस्त रहने नेता सङ्ग्रौलाले बताए। राप्रपाको हालै सम्पन्न महाधिवेशन मार्फत अध्यक्षमा निर्वाचित लिङ्गदेनले तत्कालीन अध्यक्ष कमल थापालाई पराजित गरेका थिए।


































































