धरान : झापाको मेची नगरपालिका–६ मेची पुलबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका–१ का ३० वर्षीय रमेश डी.सी. रहेका छन् । हिजो बिहान ११ बजे भारतबाट नेपाल आउँदै गरेका डी.सी.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका डी.सी.लाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        