धरान : धरानमा ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरूलाई सोमबार कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सोमबार धरानका २ स्थानमा खोप केन्द्र तोकिएको छ ।

धरान वडा नं. ८ स्थित सभागृह र वडा नं. १ छाताचौकस्थित पुरानो अस्पतालमा खोप केन्द्र रहने छ । ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरूलाई साउन ११, १२ र १३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन धरानमा सात वटा खोपकेन्द्रहरुमा खोप अभियान सञ्चालन गरिएको थियो ।

उक्त खोप लगाउनबाट वञ्चित भएका ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरूलाई तोकिएको खोपकेन्द्रहरुमा बिहान १० देखि ४ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइने व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए ।

यस्तै, स्वास्थ्य महाशाखाले गत वर्ष फागुन ४ देखि चैत्र ४ गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकाको लागि खोपको दोश्रोे मात्रा अब केही दिनभित्र नै सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Suwathya