धरान : सुनसरीको भोक्राहा नरसिंह-४ स्थित पूर्व पश्चिम लोक मार्गमा गए राति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गए राति साढे ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ८ प ४११५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा इनरुवा-९ बस्ने वर्ष ४० का बाबुराम उराव र पछाडि सवार भोक्राहा नरसिंह-४ बस्ने अन्दाजी ३५ वर्षीय हेमन्त उराव घाइते भएका थिए ।
घाइते दुवैको उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो । उपचारको क्रममा गए राति साढे ९ बजे मोटरसाइकलको पछाडि सवार हेमन्त उराबको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बाबुराम उरावको सामान्य उपचार पछि अहिले जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा रहेका छन् ।








































































