धरान : नेपाल पत्रकार महासङ्घको आगामी चैत २५ गते हुने निर्वाचनका लागि सुनसरी जिल्ला कार्य समितिमा २० पदका लागि ४६ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रेस चौतारी नेपालको तर्फबाट साझा उम्मेदवार जनकऋषि राई, प्रेस चौतारी नेपालको ओली पक्षबाट सन्तोष काफ्ले र युनियनको तर्फबाट बागी उम्मेदवार सचिन पोखरेल र सुविद् गुरागाईँले उम्मेद्वारी दिएका छन् ।

उपाध्यक्षमा गणेश निरौला र सुमन पुरी, उपाध्यक्ष महिलाको उम्मेदवारमा उषाकिरण भट्टराई, मनिता चाम्लिङ, रञ्जना पौडेल र सुमित्रा राई (सन्जु) को उम्मेद्वारी परेको छ । सचिव पदको उम्मेदवारमा दिनेश गजमेर, ध्रुव ढकाल, परशुराम (विनय) बाह्रकोटी र भरतराज शर्मा (गोपाल कामत) को उम्मेदवारी परेको छ । सह-सचिवमा तीर्थबहादुर कार्की, विकल रेग्मी र हिमाल राईको उम्मेदवारी परेको छ ।

यसै गरी सहसचिव समावेशीमा निशान प्रकृति थारु, प्रदीप कुमार चौधरी र भोला श्रेष्ठको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा अजित कुमार झा, कृष्ण बहाव भट्टराईको उम्मेदवारी परेको छ । महिला सदस्यमा देवीका चाम्लिङ राई र शान्ता निरौलाको उम्मेदवारी परेको छ ।

दलित सदस्यमा पुनम विश्वकर्मा र सुविन विश्वकर्मा, मधेसी सदस्यमा बिरेन्द्रकुमार शाह र लुकमान अन्सारी, सदस्य जनजातिमा पारस राई र सदस्य समावेशी, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गमा मोहम्मद मिकाईलको उम्मेदवारी परेको छ । पारस राई र मोहम्मद मिकाईल निर्विरोध निर्वाचित भएका छन् । उनीहरूको विजयी घोषणा हुन बाँकी रहेको छ ।

जिल्ला कार्य समितिको खुल्ला सदस्यमा अर्जुन पौडेल जमुना श्रेष्ठ, जीवन विष्ट, दीपेन्द्र कुमार यादव, नवीन चर्मकार, निश्चल शर्मा, वसन्त बान्तवा राई, विनोद आचार्य, विजयकुमार राई, विवेक रेग्मी, मोहम्मद मुस्ताक आलम, रमेश पौडेल रामबहादुर कटुवाल, सङ्गम विष्ट, सुक्रान्त राई, सुस्मिता राई त्रिलोचन पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

यसै गरी केन्द्रीय परिषद् सदस्य खुल्लामा ७ जना, केन्द्रीय परिषद् सदस्य महिलामा २ जना, केन्द्रीय परिषद् सदस्य समावेशीमा ६ जनाको उम्मेदवारी परेको छ । यसै गरी प्रदेश परिषद् सदस्य खुल्लामा २० जनाको, प्रदेश परिषद्को महिला सदस्यमा १ जना कानुन कार्कीको उम्मेदवारी परेको छ । यसै गरी प्रदेश समावेशी सदस्यमा ७ जनाको पदमा ५ जनाको मात्र उम्मेदवारी परेको छ ।

उम्मेदवारीको दाबी विरोधको समय सोमबार साढे १२ बजे सम्म उम्मेदवारी फिर्ता दिउसो २ बजे सम्म र अन्तिम नामावली प्रकाशन सोमबार अपराह्न ४ बजे हुने निर्वाचन अधिकृत विष्णु बरालले जानकारी दिएका छन् ।

FNJ-1

FNJ-2

FNJ-3

FNJ-4