धरान : १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीकोक्षति भएको छ ।
आज दिउँसो साँढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका–७ मा रहेको मटकेनी सामुदायिक वनबाट सुरु भएको आगलागीले जङ्गल नजिकै रहेको छविलाल बस्नेतको घर जलेर पूर्ण रूपमा क्षति हुँदा घर भित्र रहको अन्न पात, भाडा वर्तन, लता कपडा जली नष्ट भई अन्दाजी २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी टोली खटी गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसै गरी भोजपुरको रामप्रसाद राई गाउँपालिका ६ का पुष्प बस्नेतको घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।
घर नजिकै रहेको सल्लेरी सामुदायिक वनबाट सुरु भएको आगलागी बस्नेतको घरमा समेत सल्की घर भित्र रहेको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जली नष्ट हुँदा अन्दाजी २ लाख बराबरको क्षेती भएको तथा उक्त स्थानमा प्रहरी टोली खटी गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।









































































