धरान : मोरङ र सुनसरीबाट शनिवार दिउसो लागूऔषध सहित २ जना पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिण गेटबाट बेलबारी-३ का ३३ वर्षीय विक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरिएको हो भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ ज्ञानचक्षुमार्ग स्थितबाट खोटाङ दिप्रुङ ४ घर भई हाल धरान १५ मा डेरा गरी बस्ने २१ वर्षीय मिलन राईलाई लागूऔषध ब्राउन सुगर ९०० मिलिग्राम सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









































































