धरान : मोरङ र उदयपुरमा भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मोरङको विराटनगर-१४ का २५ वर्षीय कामेश्वर कामतको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान साढे ८ बजे विराटनगर-१४ मा को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सह चालक समेत रहेका कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसै गरी उदयपुर चौदण्डीगढी-१० ईक्राहा बस्ने ६२ वर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ ।
आज बिहान सवा १० बजे चौदण्डीगढी-१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ठक्कर दिने बस र चालक चौदण्डीगढी-१० का ३८ वर्षीय रत्न बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









































































