पथरी : गुटगत भेला सँगै नेकपा विभाजन स्थानीय तह सम्म पुगेको छ ।

मोरङको पथरीमा भने गुटगत भेला गर्ने होडमा माधव-प्रचण्ड समूह भन्दा ओली समूह अगाडी देखिएको छ । माधव समूहले केही भेला गरिरहँदा ओली समूहले माधव–प्रचण्ड समूहकालाई हटाएर कमिटी नै पुनर्गठन गर्न थालेका छ ।

नेकपाको भातृसंगठन राष्ट्रिय युवा सङ्घ पथरीशनिश्चरे औपचारिक रूपमा विभाजन भएको छ । तत्कालीन युवा सङ्घका नगर संयोजक सुमन लिम्बुलाई हटाउँदै किसन राईलाई संयोजक तोकेको छ । राईलाई सोमवार नै सङ्गठनका जिल्ला अध्यक्ष नवीन पौडेलले शपथ खुवाएका थिए ।

रार्ईको नेतृत्वमा १३१ सदस्यीय राष्ट्रिय युवा सङ्घ पथरीशनिश्चरे नगर कमिटी गठन गरिएको छ । लिम्बु माधव–प्रचण्ड समूहका भेलामा देखिएको र सङ्गठन निर्माणमा निष्क्रिय रहेको बताउँदै सङ्घको संयोजक वाट हटाइएको जनाएको छ ।

नेकपाका वडा समिति समेत विभाजित भएका छन् । माधव–प्रचण्ड समूहका वडा संयोजकहरूलाई समेत हटाएर ओली समूहका लाई संयोजक बनाउन थालिएको छ ।

गत शनिवार वडा नम्बर ७ र १० मा वडा संयोजक समेत परिवर्तन गरिएको नेकपाका जिल्ला सदस्य भगत थपलियाले जानकारी दिए ।

वडा नम्बर १० मा प्रेम ढकाललाई हटाएर पदम पाख्रिन लाई संयोजक तोकिएको छ भने वडा नम्बर ७ मा रोहित बास्तोलालाई हटाउँदै दुर्गा तामाङलाई संयोजक तोकिएको जिल्ला सदस्य परशु मिश्रले जानकारी दिए ।