धरान: लिम्बु विद्यार्थी मञ्च सुनसरीको अध्यक्षमा हेम जबेगु निर्विरोध निवार्चित भएका छन् ।
मञ्चको पाँचौ जिल्ला अधिवेशनले जवेगुको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । धरान १२ स्थित होटल स्टार पुर्वीमा शुक्रबार सम्पन्न भएको मञ्चको उपाध्यक्षमा हरि इवाहाङ, सचिवमा सुष्मा तेयुङ, सहसचिवमा डम्बर इवाहाङ चयन भएका छन् । यस्तै, महिल ाउपाध्यक्ष र कोषाध्यक्ष भने मनोनित गरिने संघले जनाएको छ ।
यस्तै, सदस्यहरुमा आशा तम्रोक, विनिता करुम्बाङ, आस्मा तुम्बापो, उज्वल चेम्जोङ, सपना साँवा, सरोज माङबङ, आस्मा जवेगु, मधु मादेन, प्रताप सिं लिम्बु, प्रदिप फावेन, अमृत आङला र कौशिला चेम्जोङ चयन भएका छन् । कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रम समेत राखिएको थियो । प्रशिक्षण कार्यक्रममा मन्चका केन्द्रीय सचिव तथा प्रशिक्षण विभाग प्रमुख योवाहाङ तुम्बाहाङ्फेले सहजिकरण गरेकय थिए ।
अधिवेशनको खुल्ला सत्रमा किरात याक्थुङ चुम्लङका केन्द्रिय सचिव डा.योगेन्द्र पालुङ्वा प्रमुख आतिथी रहेकय थिए भने विशेष अतिथीमा मञ्चका केन्द्रीय उपाध्यक्ष धनेद्र जबेगु रहेकय थिए । अन्य, अतिथीहरुमा आदिवासी जनजाती विद्यार्थी महासंघ सुनसरीका अध्यक्ष बुद्रोस लिम्ब, किरात याक्थङ चुम्लङ सनसरीका सचिव ताजुव लिम्बु, लिम्बु पत्रकार संघ सुनसरीका अध्यक्ष कुशल कुरुम्भाङ, मञ्चका केन्द्रिय सदस्यहरु सरगम सागर चेम्जाङ, प्रदिप नेयङलगायत रहेकय थिए ।


































































