पथरी : मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगर भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई परिपचय पत्र वितरण गर्ने भएको छ ।

साउनको अन्तिमबाट नगरभित्रका अपाङ्गता भएका व्याक्तीलाई परिचय पत्र वितरण गर्न निवेदन संकलनको कार्य सुरु गरिएको छ । अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिमार्फत नगरबाटै परिचयपत्र वितरण गरिने भएको हो ।

साउन २५ गतेसम्ममा वडाहरुबाट आवश्यक कागजात र वडाको सिफारिस सहितको निवेदन संकलन भएपछि २७ गते पहिलो पटक परिचयपत्र छानविन गरी वितरण कार्य अघि छ । यस अघि जिल्लाको महिला तथा बालबालिका कार्यालयबाट वितरण हुने अपाङ्गताको परिचयपत्र नगरपालिकाले पहिलो पटक वितरण गर्न लागेको हो ।