धरान : एसइई दिएका विद्यार्थीहरू बिच टप युनिभर्सल एकेडेमीले आयोजना गरेको वार्षिक स्पोर्टस मिट बुधवार सुरु भएको छ ।

उद्घाटनको अवसरमा भएको बास्केटबल प्रतियोगितामा महिला तर्फ टप युनिभर्सल सेतो टिम र पुरुष तर्फ टप युनिभर्सल ओरेन्ज टिम विजेता बनेको छ ।

महिला तर्फ सेतो टिमले ओरेन्ज टिमलाई २२-२ र पुरुष तर्फ ओरेन्ज टिमले सेतो टिमलाई ६-२ अङ्कको अन्तरले पराजित गरेको छ ।

स्पोर्टस मिट २०८१ को धरान-१६ स्थित इन्डोर बास्केटबल कोर्टमा प्रमुख अतिथि सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदिले गरेका हुन् । एसइई दिएर ब्रिज कोर्स गरिरहेका विद्यार्थीहरू प्रतियोगितामा सहभागी छन् ।

उक्त अवसरमा टप युनिभर्सलका एमडि प्रकाश लकान्द्रिले एसइई दिएर बसेका विद्यार्थीहरूको खालि समयलाई सदुपयोग गर्न विद्यार्थीहरूका लागि स्पोर्टस मिट आयोजना गरिएको बताए ।

स्पोर्टस मिटमा फुटसल, जुम्वा क्लास, पिटि क्लास, धरानको धार्मिक स्थलहरूमा हाइकिङ कार्यक्रम भैसकेको छ । जेठ २८ समापन हुने मिटमा मिनी म्याराथन, भलिबल, चिन्डे डाँडा हाइकिङ, साकेला नाच प्रदर्शन तथा प्रशिक्षण, सिङ्गिङ, डान्सिङ्ग प्रतियोगिता चलिरहेका छन् ।