धरान : कोशीबाट धरान खानेपानी ल्याउने योजना कार्यान्वयन गर्न स्थानीय सरकार पछि हटे सर्वदलीय पहलमा प्रदेश र सङ्घीय सरकारबाटै कार्यान्वयन गराउनु पर्ने नेपाली काँग्रेस धरान उपमहानगर समितिको धारण सार्वजनिक गरिएको छ।
धरानका जनताको खानेपानी पाउने अधिकार कटौती कसैले गर्न नपाउने काँग्रेसको स्पष्ट धारणमा नेपाली काँग्रेस अडिग रहेको काँग्रेस सभापति श्याम पोखरेलले बताएका छन् ।
उनले ६ अर्बको कोशी परियोजनामा एडिबीको अनुदान ८५ प्रतिशत, सङ्घीय सरकारको अनुदान १५ प्रतिशत र स्थानीय सरकारको १५ प्रतिशत ऋणमा पनि ५ देखी ७ प्रतिशत अनुदान माग गरेर योजना कार्यान्वयन गर्न दलहरूले पहल गर्न तयार रहेकाले नगर प्रमुख हर्क साम्पाङ तयार हुनुपर्ने बताए ।
धरानका नगर प्रमुख साम्पाङले पहिले आफै कोशीबाट खानेपानी ल्याउने प्रस्ताव सङ्घीय सरकारसँग गरेका थिए । योजनाको डिपीआर बनाउनमा पनि आफै संलग्न भए ।
जब सङ्घीय सरकारले योजना स्वीकृत गरेर खानेपानी मन्त्री नै ६ अर्बको योजना टेण्डर लगाउने सहमतिका लागि धरान आए प्रमुख साम्पाङ बेपत्ता भएपछि प्रमुख साम्पाङले ‘विदेशी सहयोग नलिने’ भन्दै आफैले प्रस्ताव गरेको, डिपीआरमा पनि संलग्न भएको योजनालाई राजनीतिक हथकण्डा बनाउन खोजेकोले धरान बासीप्रति ठुलो धोखा हुने भएकोले जसरी पनि योजना कार्यान्वयन गर्ने पहल दलहरूबाट हुनुपर्ने धारणा बनाएको काँग्रेस नगर अध्यक्ष श्याम पोखरेलले बताएका छन् ।
कोशी प्रोजेक्ट र धरान अस्पताल तथा स्वास्थ्य बिमाकोलागि प्रथम सेवा केन्द्रको बारेमा हाल ज्वलन्त बनेको जनसरोकारको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन आज शुक्रवार बसेको विस्तारित बैठकले उक्त निर्णय गरेको हो ।
सभापति पोख्ररेलले भने ‘धरान बनाउन धराने जनता तयार छन् धरान बाहिरका ज्योतिषहरूले जोखना हेर्नु पर्दैन ।’धराने जनताले बनाएको हो ।
धरान भित्रैबाट धरानेहरुको समस्याको समाधान गर्न धराने जनताहरू तम्तयार छन् ।
उनले जिम्मेवार दल नेपाली काँग्रेस भएकाले धरानलाई बनाउन सबै राजनैतिक दलहरूसँग समन्वय र छलफल भएको बताए ।
स्थानीय सरकार सँग समन्वय गर्न दलहरूले सबै ढोकाहरू खुल्ला रहेको छ तर स्थानीय सरकारका प्रमुखले समन्वय गर्न तयार भएनन् भने जिम्मेवार दल नेपाली काँग्रेस जिम्मेवार भएर अगाडी बन्न तयार छ ।
स्वास्थ्य बिमा समितिको नयाँ नियमले धरानमा प्रथम सेवा केन्द्रको समस्या उत्पन्न भएपछि उठेको धरान अस्पतालको पूनस्थापनमा काँग्रेस सहमत भए पनि तत्काल ३ महिनामा नगर अस्पताल बन्न सम्भव नभएकोले तत्काल रेफरल केन्द्रको रूपमा धरानमा स्वास्थ्य केन्द्र स्थापना गर्ने कुरामा काँग्रेस केन्द्रित भएको छ ।
सभापति पोखरेलले भने ‘धरानमा स्वास्थ्य चौकीहरू भए पनि स्वास्थ्य केन्द्र छैन, तत्काल धरान उपमहानगरपालिकाले कुनै स्वास्थ्य चौकीलाई कम्तीमा ५ बेडको स्वास्थ्य केन्द्र स्थापना गरी त्यसलाई स्वास्थ्य बिमाको प्रथम सेवा केन्द्र कायम गर्न जरुरी छ ।’
धरान नगर अस्पतालका लागि जग्गा प्राप्त गर्ने र निर्माणको योजना हालको धरान अस्पतालमा नभए पनि कहीँ पनि अघि बढाउनु पर्नेमा काँग्रेस स्पष्ट रहेको बताए ।
उनले भने ‘त्यस्को लागि दलहरूले सङ्घीय, प्रदेश सरकारसँग परिणाममुखी पहल गर्न जरुरी छ ।’
उनका अनुसार धरान अस्पतालको जग्गा २०७४ साल मंसिर ११ गते बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा जग्गा धनी पुर्जा गएको हो । जग्गा धरान उपमहानगरपालिकाको नाममा हुनुपर्दछ भन्ने कुरामा काँग्रेस स्पष्ट छ ।
धरान अस्पतालको नाममा जग्गा धनीपूर्जा हुनु पर्दछ भन्ने पक्षमा नेपाली काँग्रेस अडिग रहेको बताउँदै नेपाली काँग्रेसले त्यसका लागि पहल कदमी पनि तयार रहेको बताए ।
तर अहिले अरूको नाममा भएको जग्गामा तत्कालै अस्पताल निर्माण गर्छु भनेर ३ महिना भित्र प्रथम सेवा केन्द्र तयार गरिसक्नु पर्ने कुरा पुरा नहुने, बरु जनताले दुःख पाउने उनले बताए ।
पोखरेलले भने ‘धरानका नगर प्रमुखले नेतृत्व लिएर बिपीसँग तत्काल साझेदारी गरेर हुन्छ कि कसरी हुन्छ आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्दछ ।’