इटहरी : फेसियल हाउसको दसौँ शाखा इटहरीमा खुलेको छ । युनिसेक्स पार्लर सम्बन्धी उत्कृष्ट छवि बनाएको फेसियल हाउसको ब्राण्ड इटहरी स्थापना भएको हो ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीता चौधरीले सेन्ट्रल प्लाजामा स्थापना भएको फेसियल हाउसको शनिवार उद्घाटन गरेकी हुन्। जहाँ कपाल र छाला सम्बन्धी सौन्दर्य सेवा तथा मेडीकेयर, जेल नेल, माइक्रोब्लेडिङ, पिम्पल तथा चायापोताको उपचार हुने भएको छ ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराका अनुसार वर्तमान आर्थिक मन्दीका बाबजुद इटहरीमा धेरै सम्भावना भएकाले शाखा स्थापना गरेको बताइन् । काठमाडौँ, चितवन, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेतमा शाखा विस्तार गरिसकेको संस्थाले अब इटहरीबाट सहुलियत मूल्यमा सेवा प्रदान गर्ने उनको भनाइ छ । धेरै शाखा हुँदा लागत कम हुने भएकाले ग्राहकलाई सुपथ मूल्यमा सेवा दिन सकिने उनको विश्वास छ ।
प्रमुख अतिथि चौधरीले महिलाहरू उद्धमशिलताको बाटोमा लाग्नु सराहनीय रहेको बताइन् । एक जना उद्यमी महिला सयौँ अन्य महिलालाई प्रेरणा दिने र त्यसको लागि महिलाहरू आर्थिक रूपमा सक्षम हुने उनको भनाइ छ ।
कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष दिवस पोखरेल, उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली, उद्यमी गायत्री भण्डारीको समेत सहभागी थियो ।
itahari-fecial-2