धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतलाई २०८१ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
प्रहरी निरीक्षक बस्नेतले असोज महिना भित्र ताप्लेजुङको फक्ताङलुङ-५ बाट घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेका थिए । यसैगरी मिक्वाखोला-२ बाट पेस्तोल सहित १ जनालाई पक्राउ गरेका थिए ।
साथै जङ्गलको ओढारमा बेवारिसे अवस्थामा रहेको ३ थान भरुवा बन्दुक समेत उनले बरामद गरेका थिए । ज्यान मार्ने उद्योगमा कैद र जरिवाना ठहर भई फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने भूमिका निर्वाह गरेका थिए ।
अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक बस्नेतले मुद्दा अभियोजन प्रक्रियालाई व्यवस्थित बनाई आम जनमानसमा प्रहरीको छवि उच्च बनाउने कार्यका साथै अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        