धरान : धरान-३ बजारको माछाभौडीमा आज मङ्गलवार १२ बजेको समयमा छुरा प्रहार गरी फरार भएको ज्वाइँ भनिएका व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ज्वाइँ पर्ने व्यक्तिले जेठि सासु सृजना शाही (राई) र उनकी छोरी युजिना शाहीलाई छुरा प्रहार गरी ज्वाइँ फरार भएका छन । छुरा प्रहारबाट घाइते भएका सृजना शाही (राई) र उनकी छोरी युजिना शाहीलाई तत्काल उपचार गर्न विपी प्रतिष्ठान पुर्याइएको छ ।
छोरी युजिनाको स्वास्थ्य अवस्था गम्भीर रहेको विपी अस्पतालले जनाएको प्रहरीले जानकारी दिएको छ । छुरा प्रहार गर्ने नियन्त्रणमा लिए पनि प्रहरीले नाम भने बताएन ।
वडा ३ का अध्यक्ष विद्या शाक्यले बताए अनुसार छुरा प्रहार गर्ने व्यक्ति परिवारको आफन्त पर्ने ज्वाइँ हुन । काठमाडौँबाट आएर एक्कासि छुरा प्रहार गरेको उनको भनाई छ । वडा अध्यक्ष शाक्यले भने ‘उनीहरूको पारिवारिक झगडा कारण हुनसक्छ ।’
इलाका प्रहरी कार्यालयले छुरा प्रहार गर्ने कारणको खोजी र थप अनुसन्धानको प्रक्रिया जारी रहेको बताएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        