धरान : समाजमा अराजकता बढेकाले कानुन कार्यान्वयनमा निर्मम भएर लाग्नु पर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताएका छन् ।
उद्योग वाणिज्य संघ सुनसरीले सोमबार उनको स्वागतमा गरेको कार्यक्रममा प्रजिअ तिवारीले उक्त कुरा बताएका हुन । उनले शान्ति सुरक्षा कायम गर्न सबै मिलेर लाग्नुपर्ने बताउँदै उनले भने ‘कानुन कार्यान्वयन गर्न कठोर हुन्छु, व्यवसायिहरु निर्धक्क रहनु होस ।’
प्रजिअ तिवारीले सुनसरीको सबै पालिकामा राष्ट्रीय परिचय पत्र पालिका स्तरबाटै बनाउने व्यवस्था गर्न लागि परेको बताए ।
संघका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय प्रमुख बुद्धिप्रसाद आचार्य, इलाका प्रहरीका डिएसपी मानबहादुर राई, जिल्ला ट्राफिक प्रहरी, सशस्त्र प्रहरीका निरिक्षक रामप्रसाद विकको उपस्थिति थियो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        