धरान : खेलकुद क्षेत्रमा व्यक्तित्वहरूको सम्मानलाई नयाँ आकर्षक ढाँचामा धरान खेलकुद मञ्चले युवा प्रतिभा र लामो योगदान पुर्‍याएका लिजेण्ड खेलाडीलाई अवार्ड प्रदान गर्ने परम्परा सुरु गरेको छ ।

मञ्चद्वारा शुक्रवार आयोजित समारोहमा धरान स्पोर्टस् लाइफ टाइम एचिभमेन्ट अवार्डबाट २ जना र खेलकुद विधामा योगदान पुर्‍याएका ४ जनालाई सम्मान प्रदान गरेको हो ।

समारोहमा धरान स्पोर्टस लाइभ एचिभमेन्ट अवार्डबाट टेबल टेनिसका लिजेण्ड राजेशमान शाक्य र एथलेटिक्स विधा तर्फबाट गीता थापामगरलाई सम्मानित गरिएको छ । उनीहरूलाई ११/११ हजार नगद सहित सम्मानपत्र र प्रदान गरिएको हो।

योगदानका आधारमा बेष्ठ कोच किरण लामा, वर्ष खेलाडी सिद्धान्त तामाङ ,महिला वर्ष खेलाडी दीपिका आचार्जुलाई घोषित गर्दै २५/२५ हजार नगद सहित सम्मानपत्र प्रदान गरियो ।

समारोहमा खेल प्रतिभा सिमोन लिम्बुलाई पपुलर राईजिङ प्लेयर घोषित गर्दै ११ हजार ५ सय नगद सहित सम्मान अवार्ड प्रदान गरियो।अवार्ड र सम्मानपत्र प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अनुपस्थित भएकोले प्याराग्लाइडिङ सङ्घका अध्यक्ष भूपाल चाम्लिङ राई बाट प्रदान गरिएको थियो ।

धरान किचनमा भएको समारोह भएको समारोह खेलकुद मञ्च अध्यक्ष किशोर राईले धरानको खेलकुद इतिहासमा पहिलो पटक खेलाडीलाई सम्मान गर्ने परम्पराको सुरुआतको गरेको बताए । उनले मञ्चले अवार्ड कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताए । 

मञ्चले खेलकुदको विकासका लागि धरान उपमहानगरपालिका, खेलकुद सम्बद्ध सङ्घ संस्थाहरूलाई समन्वय र सहकार्य गरी  खेलाडीलाई व्यावसायिक रूपमा अघि बढाउन र खेल क्षेत्रलाई प्रोत्साहित गर्न अभियान सुरु गरेको बताए ।

उपमहानगरपालिकाले गर्ने काम मञ्चले गर्दा समेत मेयर हर्क साम्पाङ अनुपस्थित हुनु खेल क्षेत्र र खेलाडीहरूलाई अपमान भएको उनको भनाई थियो ।

समारोहमा धरान १ का वडाध्यक्ष यज्ञमणि आर्चाय, वडा ५ का अध्यक्ष मोहनप्रसाद लिम्बु, वडा ३ का  अध्यक्ष विधा शाक्य,  वडा १४ अध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा १६ का अध्यक्ष मुरारी भट्टराई, राजनीतिक दलका स्थानीय नेताहरू खेलाडीहरूको ठुलो उपस्थिति थियो ।

lifetime-achive-KapuriNews