इटहरी : नेकपा एमाले सुनसरी जिल्ला अधिवेशनको मतदान सम्पन्न भएको छ । मङ्गलवार भएको निर्वाचनमा ७२० प्रतिनिधि मध्ये ६७८ मत खसेको हो ।

४ सदस्यीय लेखा समिति सहित ४६ जिल्ला कमिटी सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन् । अन्य ८९ जना सदस्यको लागी भएको मतदान साँझ ६ बजे सकिएको हो ।

अध्यक्षमा खेमराज पोखरेल र निलम खनाल बिच प्रतिस्पर्धा भएको छ । विधान विपरीत प्रतिनिधि छनौट भएको उजुरी परे पनि कुनै सुनुवाइ भएन ।

आजै अध्यक्ष मण्डलको बैठक बस्ने र भोलि देखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।