इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का भीम पण्डितको हत्या भएको छ । शनिवार साँझ छिमेकी उमेश चौधरीले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

उमेशलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार २५ वर्षीय भीम पण्डितलाई उमेशले खेदाएर खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

सिटी सफारी चलाउँदै आएका उमेश र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका भीम छिमेकी हुन् । पुरानै मनमुटावको कारण भीमको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस अगाडि पनि उमेशले भिमलाई रड प्रहार गरेका थिए ।