धरान : धरान-१५ स्थित हिविसकस स्कुलमा शुक्रवार भएको आँखा शिविरमा विद्यार्थी र अभिभावक समेत १ हजार जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

स्कुलले नयाँ भर्ना भएका विद्यार्थीका आँखाको अवस्था कस्तो छ भनी जानकारी लिन शिविर आयोजना गरेको निर्देशक गङ्गाराम राईले बताए । उनले भने ‘समस्या देखिएका विद्यार्थीको उपचारमा सहजका लागि पनि शिविर गरिएको हो ।’

खुसी अस्पताल धरानको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । स्कुलले अभिभावक सहितलाई सहभागी गराएर स्वास्थ्य शिविरलाई निरन्तरता दिने निर्देशक राईको भनाई छ।