धनकुटा : धनकुटा बजारका ७५ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ ।

नगरपालिकाका प्रमुख चिन्तन तामाङले छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउने गरेकाले कुकुरको सङ्ख्या बढ्न नदिन बन्ध्याकरण गरिएको बताए ।

उनका अनुसार भेटेरिनरी अस्पताल, पशु विज्ञ केन्द्रको सहकार्यमा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो ।

पशु अधिकारका कारण कुकुर मार्न पनि नमिल्ने भएकाले कुकुरको सङ्ख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख तामाङको भनाई छ ।

रातको समयमा पैदल यात्री र मोटरसाइकलमा यात्रा गर्नेलाई कुकुरले लखेटेर समस्या पार्ने गरेको छ । भुस्याहा कुकुरले मान्छेलाई टोकेर रेबिजको आतङ्क मच्चाउने जोखिमका कारण पनि कुकुर नियन्त्रण गर्न बन्ध्याकरणसँगै रेबिजको खोप लगाइएको नगरपालिकाले जनाएको छ ।

Dhankuta kukkur Banhdyakaran 2