धरान : धरान रङ्गशालामा जारी तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिताको मङ्गलवार भएको लिग चरणको खेलमा धरान १४ ले धरान ५ लाई ३-१ गोलले पराजित गरेको छ ।

प्रतिस्पर्धापूर्ण खेलमा धरान १४ का विनोद राईले ३ गोलको ह्याट्रिक आजको निर्णायक बन्यो । धरान ५  का मिजास लिम्बुले १ गोल गरे । खेलको म्यान अफ दि म्याच पनि पनि धरान १४ का विनोद राई घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिमसँग कुल १५ खेल लिग चरणमा हुनेछ ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ ।

सुवास राई स्मृति सुपर-८ मा धरान १३, १४, १८, ५, ६, ८, ११ र १७ ले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगिता धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईको कार्यकालबाट सुरु भएको हो ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको भोली बुधवार हुने खेल धरान ११ र धरान ६ बिच हुनेछ ।