धरान : नेपाल दलित मुक्ति मोर्चा धरान उपमहानगरपालिका समितिको अध्यक्षमा पुनः सुमन गहतराज चयन भएका छन् ।

लाङ्घाली सामुदायिक वनको हलमा सोमवार भएको छैटौँ नगर सम्मेलनले गहतराजको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्वसम्म चयन गरेको हो । 

समितिको उपाध्यक्षमा हर्क चर्मकार र राधिका गजमेर चयन भएका छन् । सचिव दुर्गा खाती, सहसचिव पुष्प परियार र निरु कालिकोटे, कोषाध्यक्ष सिता  कालिकोटे चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रीय सदस्य, मुक्ति मोर्चाका प्रदेश इन्चार्ज खेम नेपाली, कोसी प्रदेश सदस्य उमिता बराइली लगायतको सम्मेलनमा उपस्थिति थियो ।

Dalit Mukti Morcha 2