धरान : पोल्यान्डमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेशनल’मा नेपालबाट डा. आयुष्नोभा ढुङ्गानाको सहभागी हुने कुरा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

ढुङ्गाना मोडल तथा एमबिबिएस डाक्टर हुन् । कलाकारिता र डाक्टरी पेसा एकसाथ अगाडि बढाइरहेकी ढुङ्गाना बङ्गलादेशबाट एमबिबिएस गरेकी छन् । अहिले उन हार्वर्ड स्कुलकै अटिजममा पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दै छन् ।

यसअघि उनले संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइक्र्याट्रीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोस्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगिता प्रतिको आकर्षण सञ्चार प्रविधिको पहुँचको विस्तारले तल्लो तह सम्म बढ्दो छ । यस्ता प्रतियोगिता पनि पछिल्लो समय आफूलाई अन्तर्राष्ट्रिय चिनाउने अवसर बनेको छ ।

आयुष्नोभा अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउने उद्देश्यले सौन्दर्य प्रतियोगितामा सहभागी भएको बताउँछिन् । कलाकारितामा उनले मोडलिङ, अङ्ग्रेजीका युवा अनुवादक लगायत अवार्डहरू प्राप्त गरेकी छन् ।

‘मिस्टर एन्ड मिस नेशनल’तर्फ उनी मिस नेशनलको प्रतियोगी हुन् । पोल्यान्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उद्देश्यले उनी यो प्रतियोगितामा सहभागी भएकी हुन् ।

प्रतियोगिताको अन्तिम वेस्ट २४ भित्र छानिन सफल उनी सबैभन्दा प्रभावशाली प्रतियोगी मानिएका छन् । त्यसैले उनलाई उपाधिको दाबेदार समेत मानिएको छ । उपाधि जित्ने उद्देश्यले उनी दिनरात मिहिनेत गरिरहेकी छन् ।

ढुङ्गानाले एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’को भिडियो सार्वजनिक भैसकेको छ । गीतमा २ दर्जन बढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी छन् । उनी भन्छिन्, ‘मैले डाक्टर पेसा समाज सेवाका लागि रोजेकी हुँ ।’

‘मिस्टर एन्ड मिस नेशनल’ प्रतियोगिताको फाइनल यही अङ्ग्रेजी संवत् २०२४ को मई १ तारिखमा हुँदै छ । प्रतियोगितामा ताज जित्ने लक्ष्य सहित आफू प्रस्तुत हुने आयुष्नोभाले बताइन् ।

मिस नेशनलका निर्देशक डा. सन्तोष उपाध्याय हुन् । उनी मिस्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता हुन् ।