धरान: प्रहरीले झापाको नेपाल-भारत सिमाक्षेत्रबाट भन्सार छलेर व्यापारिक उद्देश्यले नेपाल भित्र्याउँदै गरेको अवस्थामा मङ्गलवार १ लाख रुपैयाँ बढी मूल्यका रेडिमेड पोसाक पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मेचीनगर नगरपालिका-१५ मा साँझ ५ बजेको समयमा भन्सार छली भित्राउँदै गरेको रेडिमेड कपडाहरू प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको रेडिमेड पोसाकहरूमा बच्चाले लगाउने रेडिमेड कपडाहरू छन् ।

बरामद गरिएका करिब १ लाख ६३ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।