विराटनगर : मोरङको विराटनगर महानगरपालिका वडा नं.१७ मटेरुवाबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा  सुनसरीको इटहरी उपमहानगरपालिका-२० बस्ने ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका-१ का ३० वर्षीय सुसान्त रिजाल रहेका छन् ।

हिजो दिउसो १२ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प २७१७ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको  छ ।