धरान : मोरङको ग्रामथान गाउँपालिकामा घर नजिकै रहेको पोखरीमा नुहाउन गएका दुई बालिकाको शनिवार सोही पोखरीमा डुबेर मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका-२ का घनश्याम माझिको १२ वर्षीय छोरी समिक्षा माझी र मनोज खवासको १० वर्षीय छोरी रेजिना खवासको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

शनिवार बिहान साढे ११ बजे नुहाउन भनी पोखरीमा पुगेकी दुवै बालिकालाई नुहाउने क्रममा डुबेर गम्भीर घाइते अवस्थामा उद्धार गरिएको थियो ।

उनीहरूलाई उपचारको लागी कोशी अस्पताल विराटनगर पुराइएकोमा अस्पतालले मृत घोषित गरेको हो । घट्नाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।