धरान : बाल दिवसको अवसरमा बालबालिकाहरूद्वारा नाटक, कविता, गीत, नृत्य सहितका प्रतिभा प्रस्तुत गर्दै शुक्रवार धरान-१५ स्थित हिविसकस इङ्लिस बोडिङ स्कुलका ५९ औँ बाल दिवस मनाएका छन् ।

विद्यार्थीहरूमा सामाजिक र बाह्य ज्ञान अभिवृद्धि गर्न स्कुलले बाल दिवसमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । हिविसकस बाल क्लबको आयोजनामा भएको बाल दिवसमा नृत्य, गायन, नाटक र कविता वाचन गरिएको थियो ।

कार्यक्रममा बालक्लवका पूर्व अध्यक्ष आयुषा श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन भने कक्षाका हाउस क्याप्टेनहरू अतिथि रहेका थिए ।

शिक्षक मनिष श्रेष्ठले गीत गाएका थिए भने प्रज्वलिता श्रेष्ठले कविता वाचन गरेकी थिइन । शिक्षिकाहरूले सामूहिक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।

विद्यार्थीहरूलाई कार्यक्रम आयोजना गर्ने आत्म विश्वास र क्षमताको विकास होस भन्ने उद्देश्यले सम्पूर्ण कार्यक्रम आयोजनाको सबै कामको जिम्मेवारी दिइएको स्कुलका निर्देशक गङ्गाराम राईले बताए ।

क्लबका अध्यक्ष सायल खवासको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन दिविका राई र अमन तामाङले गरेका थिए ।

Hibiscus school 2