धरान : विराटनगर र झापामा भारतीय सीमा क्षेत्रबाट बुधवार नेपाल आउँदै गरेको अवस्थामा प्रहरीले  चेकजाँच गर्दा ३ जना युवालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

विराटनगरमा पक्राउ पर्नेमा धनकुटाको जोरपाटी गाउँपालिका-६ का ३३ वर्षीय नरेन्द्र खड्का छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको अवस्थामा शङ्कालागि चेकजाँच गर्दा खड्काको साथबाट १ ग्राम ३ मिलिग्राम ब्राउनसुगर फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसै गरी झापाको शिवसतासी नगरपालिका-३ का २६ वर्षीय सुवास तामाङ र ४० वर्षीय भिमप्रसाद तुम्बाहाम्फेलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको में ५ प ९१३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको ब्राउनसुगर बरामद भएको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।