धरान : एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरू बिच वक्तृत्व क्षमता विकासको लागि आयोजित एसइई स्पिकर प्रतियोगिताबाट १८ जना अघिल्लो चरणका लागि छनौट भएका छन् ।
शनिवार भएको पहिलो अडिसनबाट दोस्रो चरणका लागि उनीहरू छनौट भएका हुन् । छनौटमा परेका प्रतियोगिता र्‍याडिकल लाइटले गरेको हो ।
प्रतियोगितामा विजेतालाई २० हजार नगद पुरस्कार दिने घोषणा गरिएको छ । साथै प्लसटुमा पूर्ण छात्रवृत्ति पाउने छ ।
फष्ट रनर अपलाई १५ हजार नगद, प्लस टुमा ६० प्रतिशत छात्रवृत्ति, सेकेण्ड रनरलाई १० हजार, प्लस टुमा ५० प्रतिशत छात्रवृत्ति, सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ, प्लस टुमा  ४० प्रतिशत छात्रवृत्ति प्रदान गरिने घोषणा गरिएको छ ।पहिलो अडिसन वडा १३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले प्रमुख आथितित्वमा भएको हो । उनले एसइईइ दिएर बसको बिद्यार्थीहरुको खाली समय व्यक्तित्व र नेतृत्व विकासका लागि प्रतियोगिता उपयोगी भएको बताए ।
र्‍याडिकल लाइट प्रालिका अध्यक्ष तीर्थ कार्कीले दोस्रो चरणको प्रतियोगिता जेठ ११ गते बिहीबार हुने बताएका छन् । पहिलो चरणको निर्णायक शिक्षक टेकबहादुर बस्नेत र ओम रिमाल थिए ।