वराहक्षेत्र : झापामा सम्पन्न कोशी प्रदेश स्तरीय आमन्त्रण खुल्ला कराँते प्रतियोगितामा विभिन्न तौल समूहमा पदक विजेता तथा स्थानिय खेलाडीहरूलाई हौसला बढाउन वराहक्षेत्र ८ मा रहेको चिल्ड्रेन हार्ट एकेडेमीले  सम्मान गरेको छ । प्रतियोगितामा स्थानिय सालवनी सितोरियो कराँते डोजोबाट खेलाडीहरू सहभागी भएका थिए।

प्रतियोगितामा हिरा मगर तेस्रो, प्रकाश राई प्रथम, अनिल राई प्रथम, युदिन कटुवाल प्रथम, अविशेक राई दोस्रो, चाहान राउत पहिलो, निर्जल मगर तेस्रो, संञ्जोक राई तेस्रो, सुदिन राई तेस्रो, ईशान राई प्रथम, रुद्रदेव मण्डल दोस्रो, प्रज्वल राई दोस्रो, मनोज बिक तेस्रो, आदेश चाहार प्रथम, अमिता तामाङ दोस्रो, क्रिष्टिना दाहाल तेस्रो, एसिका राई दोस्रो, जालन जोगी दोस्रो, सिर्जना खुलाल प्रथम, पवित्रा मगर प्रथम, तुलसा खड्का दोस्रो र रुसु खत्री प्रथम भएका थिए । प्रतियोगितामा सालबनीबाट २२ जना खेलाडीहरूले पदक जितेका थिए ।

समूहमा सालवनी डोजो प्रतियोगितामा दोस्रो भएर नगद २० हजार प्राप्त गरेको प्रशिक्षक धनकुमार राईले बताए । वराहक्षेत्र नगर खेलकुद विकास समितिका सदस्य समेत रहेका स्कुलका प्रिन्सिपल रोनि विष्टले खेलाडीहरूको हौसला बढाउन विद्यालयमा बोलाएर सम्मान गरेको बताए ।

खेलकुदको माध्यबाट गाउँ, बडा र नगरपालिकाको नामलाई रोशन गराउन खेलाडीहरूको महत्त्वपूर्ण रहेको बताए । कराँते, तेक्वान्दो लगाएको खेलमा सालवनी अबल रहेकाले यसको विकास र व्यवस्थापनका लागि पहल गर्ने विष्टले बताए ।

salbani-samman