धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानको आयोजना वैशाख २६ गतेबाट बिबिए कप फुटबल टुर्नामेन्ट हुने भएको छ।
आइबार पत्रकार सम्मेलन गर्दै बिबिए कपको १५ औँ संस्करणमा कपमा १७ टिम सहभागी हुने क्याम्पसका प्रमुख दामोदर भण्डारीले बताए ।
उनका अनुसार खेलाडीले खाना बस्न आफै व्यवस्था गर्नुपर्ने र खेलाउने मात्रै काम क्याम्पसले गर्ने जानकारी दिए । खेलाडीको खाने बस्ने व्यवस्था सम्बन्धित क्याम्पसले गर्नुपर्छ ।’ बिबिए कपको विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट गोल किपर, बेष्ट डिफेन्स, वेस्ट मीडफिल्डर, बेष्ट स्ट्राइकर र हाइएस्ट गोल स्कोररले पनि पुरस्कार नगद पुरस्कार पाउने क्याम्पसका स्ववियू सभापति युवराज राईले बताए । आयोजक महेन्द्र बहुमुखी क्याम्पस सन् २०१८ र २०२२ मा विजेता बनेको थियो । प्रतियोगिता सम्पन्न २२ लाखको लागत अनुमान गरिएको क्याम्पसका प्रमुख भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पस धरान, शङखर देव क्याम्पस काठमाडौँ, महेन्द्र बहुमुखी क्याम्पस दाङ, मेची बहुमुखी क्याम्पस भद्रपुर, पिपुल्स क्याम्पस काठमाडौँ, पृथ्वी नारायण क्याम्पस पोखरा, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, दमक बहुमुखी क्याम्पस दमक, महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगर, जनप्रिय बहुमुखी क्याम्पस पोखरा, पब्लिक युवा क्याम्पस काठमाडौँ, पाट्न बहुमुखी क्याम्पस ललितपुर, नेपाल कमर्स क्याम्पस काठमाडौँ, भक्तपुर मल्टिपल क्याम्पस भक्तपुर, कान्तिपुर कलेज अफ म्यानेजमेन्ट इन्फरमेसन टेक्नोलोजी काठमाडौँ, महेन्द्र मल्टिपल क्याम्पस नेपालगन्ज, युनिभर्सल कलेज काठमाडौँ सहभागी हुने आयोजकले जानकारी दिएको छ ।








































































