पाँचथर : पाँचथरको तुम्बेवा गाउँपालिकामा अध्यक्ष कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता वैशाख ११ गते हुने भएको छ । तुम्बेवा गाउँपालिकाको मौवा बजारमा आयोजित पत्रकार सम्मेलन गरी वैशाख ११ गते देखि १५ गतेसम्म अध्यक्ष कप  फुटबल प्रतियोगिता आयोजन गर्न लागेको जनाएको छ ।

मौवा बजारको इन्द्रेणी मा.वि.को खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता वैशाख १५ गतेसम्म सञ्चालन हुने आयोजक गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पहिलो पटक अध्यक्ष कप प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । अध्यक्ष कप खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख, २ हजार २ सय २२ रुपैयाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै दोस्रो पुरस्कार १ लाख, १ हजार, १ सय ११ रुपैयाँ शिल्ड, मेडल, र प्रमाण पत्र प्राप्त गर्ने छन् । तेस्रो पुरस्कार ३३ हजार ३ सय,३३ रुपैयाँ शिल्ड, मेडल, र प्रमाण पत्र  प्राप्त गर्ने तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काले बताए ।

गाउँपालिकाले खेलकुदको क्षेत्रबाट पर्यद्धन प्रर्वदन गर्दै खेलाडी प्रोत्साहन गर्ने उदेश्यले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराम खड्का, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा, रोजगार संयोजक नरेन्द्र खड्का लगायतको सहभागी रहेको थियो ।