कोलम्बो :  श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १०५ जना पुगेको बिबिसि हिन्दीले जनाएको छ।

बिस्फोटका कारण ४५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए। सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ। चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्। मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ।

colombo-attack

बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन्। सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा चर्चको छाना ध्वस्त भएको देखिएको छ।चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ। तर यी तस्वीरको प्रामाणिकता पुष्टी हुन बाँकी छ। बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ। यस घटनामा ९ जना बिदेशि नागरीकको पनी मृत्यु भएको र धरै घाइते हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन । 

श्रीलंका राष्ट्रपति मित्रिपाला सिरिसेनाले भनेका छन् कि सुरक्षा एजेन्सीहरु विस्फोटको कडा जाँच गर्दैछन । उनले मानिसहरूलाई अफबाह र फेक समाचारमा विश्वास गर्न आग्रह गरेका छन । पूर्व श्रीलंकाका राष्ट्रपति र विपक्षी नेता महिन्द्रा राजापाक्षेले विस्फोटको निन्दा गरेका छन् ।

shree-lanka-1

बिबिसि हिन्दीको सहयोगमा