झापा : अर्जुनधारा नगरपालिका ९ गोल्धापबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

शनिवार साँझ ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका ८ को घनश्याम साहको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
सोही मोटरसाईकलमा रहेका सोही स्थान बस्ने २१ बर्षीय प्रकाश राजवंशीलाई समेत चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक २०, फेनारगन २० र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुल लागुऔषध फेला परेको थियो । लागु औषध सहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।