धरान : धरान-९ का कोरोना सङ्क्रमित वृद्ध महिलाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा धरान-९ की ७६ वर्षीय वृद्ध महिलाको बिहान १ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिएका छन् ।

शुक्रवार कोरोना सङ्क्रमण पुष्टि भएकोमा उनलाई हिजै प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । मृतक पहिले देखिनै दीर्घ रोगी रहेको र कोरोना विरुद्धको खोप पनि लगाइसकेको बताइएको छ ।