धरान : केही दिन यता मौसममा आएको परिवर्तनसँगै पूर्वका उच्च पहाडी क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ ।

कोशी पहाडी क्षेत्र तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा यस पटक तीन पटक भन्दा बढी हिमपात भएको छ । तीनजुरे मिल्के जलजले क्षेत्रको मुख्य पर्यटकीय बजार गुफापोखरी यति बेला हिउँमय भएको छ ।

Gupha-Pokhari-1

पुसको पहिलो हप्ता देखि हिमपात हुन थालेको पूर्वी उच्च पहाडी क्षेत्रहरू यति बेला फुर्सदको समयमा हिउँमा खेल्न र रमाउनेहरूका लागि एउटा रमाइलो गन्तव्य बनेको छ । कोरोना कहरका बाबजुद पनि हिउँ खेल्न दैनिक जसो गुफापोखरी मानिसहरू पुग्ने गरेको गुफापोखरीकी हिमा खनाल बताउँछिन् ।

Gupha-Pokhari-5

पछिल्लो समय वसन्तपुर देखि मास्तिर तीनजुरे देखिनै हिउँ जमेको छ । जमेको हिउँमा रमाउँदै थुप्रै मानिसहरू अहिले गुफापोखरी पुग्ने गरेका छन् ।

समुद्र सतहबाट २९०० मिटरको उचाइमा अवस्थित गुफापोखरी क्षेत्रमा यस पटक निकै बाक्लो हिउँ परेको छ । गुफा बजार नजिकै रहेको गुफा पोखरी पनि हिउँले सेताम्मे भएको छ ।

निरन्तरको हिमपातले गर्दा पछिल्लो समय सो क्षेत्रका बासिन्दालाई भने समस्या हुन थालेको स्थानीयको भनाई छ ।
तस्बिर सौजन्य : हिमा खनाल /गुफापोखरी

Gupha-Pokhari-2Gupha-Pokhari-4 Gupha-Pokhari-3