धरान : मोरङको बेलवारी नगरपालिका-९ डाँगा बजारका ३५ वर्षीय जय बहादुर खत्रीलाई आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायसी विषयमा बुबासँग वादविवाद गरेको र वादविवादकै क्रममा रिसको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।