धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारकोक्रममा धरान-१५ र ११ का दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार हिजो कोभिड अस्पतालमा भर्ना भएका ७२ वर्षीय वृद्ध पुरुषको आज बिहान ७ः४० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक पहिले देखिनै दिर्घरोगी रहेको र उनले कोरोना विरुद्धको खोप पनि लगाएको बताइएको छ ।

यसै गरी धरान ११ का एक जना कोरोना सङ्क्रमित पुरुषको पनि गए राति उपचारको क्रममा मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा कोरोना सङ्क्रमित भएर माघ ६ गते भर्ना भएका उनको उपचारको क्रममा गए राति ८ः४० बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिएका छन् ।

मृतकले कोरोना विरुद्धको खोप लगाएको भए पनि उनी दीर्घ रोगी रहेको बताइएको छ ।